तिलोत्तमा नगरपालिकाले मासु ओसारपसार गर्नेलाई कारबाही गर्ने


पालिका पत्र

५ मंसिर २०८०, मंगलवार २२:१५ मा प्रकाशित

रुपन्देही, मंसिर ०५ । तिलोत्तमा नगरपालिकाले जथाभावी रुपमा मासु ओसारपसार नगर्न निर्देशन दिएको छ । छिमेकी मूलुकबाट अबैध रुपमा कुखुराको मासु निर्यात भइ जथाभावी बेचेको गुनासो आएपछि सो निर्देशन दिएको हो ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै मोटर साइकलमा जथाभावी मासु ओसारपसार गर्दै आएको जनाइएको छ । पालिकाले निर्देशन पालना नगरी जथाभावी मासु विक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।

जथाभावी रुपमा मासु ओसारपसार गरिएको पाइएमा पक्राउ गरी सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्