लुम्बिनी प्रदेशका बिभिन्न पालिकामा हरिबोधनी एकादशीमा सार्वजनिक विदा


पालिका पत्र

६ मंसिर २०८०, बुधबार १८:३५ मा प्रकाशित

कपिलवस्तु, मंसिर ०६। लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका पालिकामा हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालेले बिहीबार सार्वजनिक बिदा दिएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा र शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले एक सुचना जारी गर्दै ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् । एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलमा मेला लाग्ने गर्दछ ।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

हरिबोधनी एकादशीको अवसरमा सन्धिखर्कको त्रिवेणीधाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गरिन्छ । नगर प्रमुखस्तरीय बैठकले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभरका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा बिदा दिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्