कपिलवस्तु डान्स आइडलको निर्णायक भूमिकामा ४ जना, यसरी छानिन्छन प्रतियोगी


पालिका पत्र

१२ मंसिर २०८०, मंगलवार ११:२६ मा प्रकाशित

जितपुर, मंसिर १२ । यही मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुने १४ औं कपिलवस्तु महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडल महोत्सवमा प्रमुख आकर्षकको रुपमा रहने छ । महोत्सवको आकर्षक कपिलवस्तु डान्स आइडल हुने भएसँगै आम जनमानसमा डान्स आइडलको बारेमा चासो हुनु स्वभाविक हो ।

वि।सं। २०६८ बाट सुरु भएको कपिलवस्तु डान्स आइडलको यस पटक प्रमुख निर्णायको भूमिका नृत्य निर्देशक तथा मोडल हरिशरण रिजालल गर्नेछन् । रिजालले ५ पटक महोत्सवमा निर्णायकको भूमिका निर्वाह गरी सकेका छन् भने १२ औं कपिलवस्तु डान्स आइडलसँगै छैठौं पटक निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

यस्तै महोत्सवमा नृत्य निर्देशक तथा मोडल काजिश श्रेष्ठ, नृत्य निर्देशक मोडल प्रेम थापा, नृत्य निर्देशक मोडल मौसम हिमालीले गर्नेछन् ।

१२ औं कपिलवस्तु डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिष्पर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता जनाए ।

डान्स आइडलमा विगतका महोत्सवमा जस्तै टिकटमा हुने अर्दकट्टीलाई महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले रुचीका आधारमा प्रतियोगीलाई गर्ने मतदान र डान्स आइडल प्रतियोगिीले स्टेजमा देखाउने प्रतिभा र नृत्यलाई निर्णायकहरुले दिने नम्बरलाई समेत आधार मानी प्रतियोगी छनोट हुने डान्स आइडल संयोजक खडक बहादुर क्षेत्रीले बताए ।

मंसिर २१ देखि महोत्सव सुरु हुने र मंसिर २२ गते देखि डान्स आइडल सुरु हुने र पुष १ गते डान्स आइडलबाट प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थानको छनोट हुने र डान्स आइडलको भव्य रुपमा समापन हुने छ । २२ गते सुरु हुने डान्स आइडलमा १२ जनाले सहभागिता जनाउने संयोजक क्षेत्रीले बताए । ५ गतेदेखि सुरु भएको डान्स आइडलको फाइनल अडिसन यही मंसिर १९ गते मंगलबार ११ः०० बजे हुने छ । डान्स आइडलको अडिसनबाट छानिएका प्रतियोगीले १२ औं कपिलवस्तु डान्स आइडलमा सहभागिता जनाउन पाउने छन् ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छन ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

१४ औं कपिलवस्तु महोत्सवसँगै डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु व्यापक सक्रिय भएर लागेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए । महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले महोत्सवसँगै डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी सहयोग गर्न सबैमा अपिल गरे ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा सक्रिय क्लबको रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्