बक्तृत्वकलामा जनता प्रथम र होराइजन द्वितीय 


पालिका पत्र

२६ मंसिर २०८०, मंगलवार २१:४२ मा प्रकाशित


कपिलवस्तु, मंसिर २६ । १४ औं कपिलवस्तु महोत्सव  प्रतियोगितामय बनेको छ । डान्स आइडल प्रतियोगिता चली रहेकै बखत बक्तृत्वकला प्रतियोगिता भएको छ । जसमामा जनता मावि पिपरा प्रथम र होराइजन मावि द्वितीय र महेन्द्र मावि कोपवा तृतीय भएका छन । बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रङ्गशालामा मंसिर २१ देखि जारी १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको शैक्षिक कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रदर्शनीमा विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

‘युवा स्वरोजगारको बलियो आधार, उद्योग व्यापार पर्यटन तथा कृषि क्षेत्रको संरक्षण र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय पिपराका रोविन बराल प्रथम, होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी संयुक्त डुम्रे द्वितीय, महेन्द्र मावि। कोपवाकी सुजाता गिरी तृतीय र बाल मावि। बैरियाकी श्रेया पौडेल सान्त्वना भएकी थिइन । प्रतियोगिताको निर्णायक मण्डलमा यदुनाथ पन्थ, हुमकान्त बस्याल, कृष्ण प्रसाद घिमिरे रहेका थिए । बाणगङ्गा नगरका १० वटा सामुदायिक तथा निजी विद्यालयको प्रतियोगितामा सहभागिता रहेको महोत्सवका शैक्षिक संघ संस्था समन्वय उपसमिति संयोजक बासुदेव घिमिरेले जानकारी दिए । घिमिरेले विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र महोत्सव समापनको दिन पुष १ गते प्रदान गरिने बताए । घिमिरेले २७ गते बुधबार विद्यालय स्तरीय एकल लोक गायन प्रतियोगिता राखिएको समेत जानकारी दिए । घिमिरेले कक्षा ५ देखि माथिका किशोर किशोरीहरूलाई लक्षित गरी आध्यात्मिक गुरु डा. चिन्तामणिनाथ योगी अमेरिकी सिनेटलाई सम्बोधन गर्ने पहिलो नेपाली महोत्सव स्थलमा मंसिर २९ गते शुक्रबार बिहान ११ः ०० बजेदेखि संस्कार र २१ औं शताब्दी सुहाउँदो प्रविधि सम्बन्धी १ दिने उत्प्रेरणात्मक प्रवचन, अनुभव बारेमा प्रवचन दिने कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्