किन आउँदै छन् पुर्व प्रधानमन्त्री डा. भट्टराई कपिलवस्तु ?


पालिका पत्र

२७ मंसिर २०८०, बुधबार १९:४६ मा प्रकाशित

मंसिर २७ गते । कपिलवस्तु बिकास कोष गठनका लागि संकल्प प्रस्ताव पारित गर्ने अभियानलाई तिव्रता दिइएको छ । कपिलबस्तु विकास कोष गठन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उदेश्य अनुरुप संकल्प प्रस्ताव पारित गर्ने कार्यलाई तिव्रता दिइएको हो ।

कपिलबस्तु जिल्लाको पर्यटन प्रर्वद्धनको क्षेत्रमा क्रियाशील कपिलबस्तु पर्यटन विकास समितिको आयोजना एवम कपिलबस्तु नगरपालिकाको सहकार्यमा कपिलबस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव पारित गर्ने कार्यक्रम तय गरिएको छ ।

आउदो शुक्रबार मंसिर २९ गते सोहि संकल्प प्रस्ताव पारित गर्नका लागि नेपाल समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कपिलवस्तु आउनुहुने तय भएको आयोजक कपिलवस्तु पर्यटन बिकास समितीका अध्यक्ष हरिशचन्द्र खनालले बताए ।

कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका प्रमुख, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, संविधान सभा सदस्य एवम पर्यटन प्रर्वद्धनको क्षेत्रमा क्रियाशील संघ संस्था एवम सामाजिक प्रतिनिधीहरुहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

जिल्लाको सर्वाङ्गीण विकास र आर्थिक समृद्धिका लागि कपिलबस्तु विकास कोष गठन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कपिलबस्तु विकास कोष गठनका लागि सँकल्प प्रस्ताव पारित गर्ने कार्यक्रममा सरोकारवाला सबैलाई उपस्थितीका लागि अध्यक्ष खनालले आग्रह समेत गरेका छन् ।

संकल्प प्रस्ताव पारित हुने कार्यक्रम प्राचिन कपिलबस्तु तिलौराकोट दरबार परिषरमा हुनेछ । यसअघि, २०७९ चैत्र १८ गते सर्वदलीय बैठक बसि राजनितीक दलहरुकाे तर्फबाट कपिलवस्तु विकास काेष गठनका लागि राजनितिक प्रतिबद्धता समेत ब्यक्त भएको अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्