कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्दै नर्वेकी राजदुत ड्राम्डल


२८ मंसिर २०८०, बिहीबार १८:४० मा प्रकाशित

कपिलवस्तु, मंसिर २९ गते । कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्न नेपालका लागि नर्वेकी राजदुत तोरुन ड्राम्डल बिहीवार तौलिहवा आएकी छिन । मानव अधिकार समुहले जिल्लाको मानव अधिकार लैगिंक हिंसा लगायतका बिषयका बारेमा तौलिहवा सरोकारवाला बिच राखेको कार्यक्रममा राजुदत तोरुन ड्राम्डल, अतिथी सचिव एन्डेरिया सिलकोसेट, होयान बिक्टोरिया डरहिम लगायतको टोली सहभागी हुन तौलिहवा आएको हो ।

सो अवसरमा राजदुत तोरुन ड्राम्डल ले नर्वे सरकारद्धारा कपिलवस्तुमा मावन अधिकार र लैगिंक हिंसाका बारेमा बुझ्न आएको बताईन । उनले कपिलवस्तुमा बाल बिवाह धेरै हुने गरेको कुरा सुन्दा दुःख लागेको पनि बताईन् ।

तोरुन ड्राम्डलले नेपालसंगको ५० बर्ष भन्दा बढी सम्बन्ध रहेको र विकासको साझेदारीका लागि अघि बढेको बताईन् । उनी बिशेषतः ईन्सेकले जिल्लामा गरेको कामका बिषयमा बुझन आएकी थिईन ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कपिलवस्तुमा बिगतको तुलनामा मानव अधिकारको अवस्था राम्रो भएको बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक विकासमा नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए ।

अधिकारकर्मी रबि ठाकुरले बिगतमा दलित अल्पसंख्यक महिलाहरुका लागि छुट्टाईने बजेट भने अहिले कुनै चाँसो नदिएको बताए । कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायकी प्रेरणा बिष्टले आफनो समुदायले अझै पनि धेरै कुराका बिभेद सहन परेको बताईन् । कार्यक्रममा हिंसा पीडीत छाँया बारी र बिन्दु चौधरीले आफुले सामना गर्नु परेको पीडाका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा महिला मानव अधिकारकर्मी पुष्पा रेग्मी, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, साधिका रैदास लगायतले मानव अधिकारको अवस्था बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्