प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : कपिलवस्तुको बिजयी सुरुवात


१२ पुष २०८०, बिहीबार १७:५५ मा प्रकाशित

पुष १२ गते । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि बिहीबारबाट रुपन्देहीको सिद्वार्थ रंगशालामा लुम्बिनी प्रदेश स्तरीय पुरुष छनोट खेल सुरु भएका छन् । प्रदेशस्तरीय छनोट अन्तर्गत रुपन्देही र कपिलवस्तुबीच भएको पहिलो खेलमा कपिलवस्तुको बिजयी सुरुवात भएको छ ।

निर्धारित ४३ ओभरको खेलमा कपिलवस्तुले टस जितेर ब्याटिङ रोजेपछि रुपन्देहीले फिल्डिङ गरेको थियो । समुह ए मा रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी छन् । समुह बी मा भने बाँके, दाङ्ग र बर्दिया रहेका छन् । समुह ए चरणको पहिलो खेलमा कपिलवस्तुले रुपन्देहीलाई निर्धारित ओभरमा रुपन्देहीलाई ६१ रनले पराजित गरेको छ ।

आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा बिरुद्ध खेल्ने जिल्ला क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए ।

राज अग्रहरीको कप्तानीमा रहेको कपिलवस्तुको क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै आजको खेलमा ऐतिहासिक जित हासिल गरेको गैरे बताउँछन् । उनका अनुसार छनोट खेलमा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, बांके, बर्दिया र दाङका खेलाडी सहभागी छन् ।

प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषद अध्यक्ष जयप्रकाश भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला र प्रदेश क्रिकेट संघका पदाधिकारी सहभागि भएका थिए । छनोट खेल पुष २२ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्