१४ औं कपिलवस्तु महोत्सवको सुरक्षा निगरानी ड्रोन क्यामेराबाट


पालिका पत्र

१६ मंसिर २०८०, शनिबार १२:४६ मा प्रकाशित

जितपुर, मंसिर १६ । कपिलवस्तुको बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुने १४ औं कपिलवस्तु महोत्सवको सुरक्षालाई प्रभावकारी बनाउन महोत्सव स्थलमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन गरिने भएको छ । सुरक्षा लाई विशेष महत्व दिएर महोत्सव क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिने शान्ति सुरक्षा तथा स्वयम सेवक परिचालन संयोजक राजन आलेले बताए । महोत्सव यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म बुद्ध रंगाशालमा हुने छ ।

महोत्सवमा हुन सक्ने हुलदंगालाई लक्षित गरि ड्रोन क्यामेरा प्रयोगमा ल्याइने आलेले बताए । ड्रोनको प्रयोगले कदम कदाचित चारनम्बर क्षेत्रमा कुनै त्यस्तो घटना भएमा पनि तत्काल सुरक्षा निकायको भौतिक उपस्थिती हुन नसक्दा समेत निगरानी गर्न सकिने छ।

महोत्सवमा करिब १ सय जना स्वयम् सेवक परिचालन गरिने र महोत्सव स्थलमा विगतमा निरन्तरता दिइएको करिब ३५ ससिटिभी क्यामेरालाई समेत निरन्तता दिइने आलेले बताए । महोत्सवको सचिवालयमा नियन्त्रण कक्ष रहनेगरि महोत्सवको सुरक्षा अवस्था निगरानी गर्न ड्रोन परिचालन गरिने आलेले बताए ।

प्रतिक्रिया दिनुहोस्