गाउँपालिकाले प्रतिलिटर दूधमा ० दशमलव ५० रुपैयाँ अनुदान


पालिका पत्र

२० पुष २०८०, शुक्रबार ०९:०१ मा प्रकाशित

सरावल, २० पौष । सरावल गाउँपालिकाले दूध उत्पादक कृषकलाई प्रतिलिटर ० दशमलव ५० रुपैयाँ अनुदान दिने भएको छ । ‘दूध उत्पादनका आधारमा अनुदान कार्यक्रम कार्यविधि २०८०’ अनुसार उत्पादनमा आधारित अनुदान ० दशमलव ५० रुपैयाँ वितरण गरिने जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘दूध उत्पादनका आधारमा अनुदान कार्यक्रम कार्यविधि २०८०’ को उत्पादनमा आधारित अनुदान ० दशमलव ५० रुपैयाँ वितरण गरिने सूचनामा उल्लेख छ ।

दूध उत्पादन गरी बिक्री गरेको दूध परिमाणको बिक्री केन्द्रबाट प्रमाणित गरी १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्