नापतौलका हाकिमले डिजेल मेसिनमा मापन नमिलाई शिलबन्दी गरेर दुःख दिएको व्यवसायीको गुनासो


२७ पुष २०८०, शुक्रबार १९:०५ मा प्रकाशित

पालिकापत्र
बुटवल, २६ पुस । बुटवलको एक पेट्रोल पम्पको डिजेल मेसिनमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका कार्यालय प्रमुखले मापन नमिलाई शिलबन्दी गरेर दुख दिएको गुनासो व्यवसायीले गरेका छन् ।
बुटवल उपमहानगर ५ नेपालगन्ज रोडमा रहेको शाह डिजल सेन्टरको एक डिजेल मेसिनमा नापतौलको परिमाणमा घटबढ हुंदाहुंदै मापन नमिलाई जबरजस्ती शिलबन्दी गरी दुःख दिने नियत देखाएको पम्प सञ्चालक मदनलाल गुप्ताले आरोप लगाएका छन् ।
दुई महिना अघि बिग्रेको डिजेल पम्पको मदरबोर्ड परिवर्तन गरी नयाँ मदरबोर्ड राखेपछि सही परिमाण सुनिश्चित नगरी व्यवसायमा असर पर्ने गरी मनोमानी ढंगले शिलबन्दी गरेर दुःख दिएको गुप्ताले बताए । पम्पको नयाँ मदरबोर्ड चेकजांच र शिलबन्दी गर्ने काम सम्बन्धित कार्यालयका प्राविधिकले नगरी हचुवाको भरमा कार्यालय प्रमुखकै उपस्थितिमा उनका चालकले गरेको गुुप्ताको गुनासो छ ।
संचालक गुप्ताले भने—हचुवाको भरमा चेकजाँच गरे अनि हचुवाकै भरमा शिलबन्दी गरे जसले गर्दा हामीलाई मर्का परेको छ । ब्यबसायीलाई प्रतिलिटर ५ मिलिलिटर नोक्सान हुनेगरि भएको मदरबोर्ड सेटिङ्गलाई समायोजन गरि एकुरेट नगरि जवरजस्ती शिलबन्दी गरेका छन् ।’ यसमा नियत माथि खोट देखिएको संचालक गुप्ताको भनाई छ ।
यसैगरी सोही फर्मको नाममा रहेको लु १ क ५४७८ नम्बरको टेंकर संचालनमा पनि रोक लगाइएको भन्दै संचालक गुप्ताले चिन्ता ब्यक्त गरेका छन् । पुस १८ गते क्यालिब्रेसन गरेर राजस्व बुझाएपनि सरकारी निकायकै कारण ढिलाई गरेर २५ गतेसम्म क्यालिब्रेसन चार्ट उपलब्ध नगराएर ढुवानी गर्न नपाउंदा थप मारमा परेको गुप्ताले बताउनु भयो ।
गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख तिलक केसीले भने नयाँ मदरबोर्ड फेर्ने क्रममा सही तरिकाले नापतौल मिलान नभएको देखिएकोले मर्मतका लागि एक हप्ताको समय दिईएको दावी गरेका छन् । मापन मिलाउन निर्देशन गरेका हौं अरु केही हैन प्रमुख केसीले भने ।
तर पम्प व्यवसायीलाई प्रति ५ लिटरमा ४५ मिलिलिटरसम्म नोक्सान हुने गरी नयाँ मदरबोर्डमा शिलबन्दी गरिनुले कार्यालयको नियतमाथि आशंका गर्ने ठाउं रहेको पेट्रोलियम व्यवसायीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्