क्रान्तिको कटाक्ष ‘दाजु भाउजूलाई राजनैतिक संस्कार सिकाउन नसक्नेले डिजिटल डेमोक्रेसीका कुरा नगरे हुन्छ’


पालिका पत्र

१३ फाल्गुन २०८०, आईतवार ०९:२६ मा प्रकाशित

कपिलवस्तु, फागुन १३।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य क्रान्ति शिखा धितालले आफू लुम्बिनी भूमिमै जन्मेको र यहाँका जनताको दुख नजिक बाट देखेको भन्दै त्यसलाई निर्मूल पार्न रास्वपा जन्मिएको बताइन्। उनले आफू ए, बि, सि, डि पढ्ने बेलामा एम्बुस र बम पढाइएको भन्दै पुराना दल र तिनिहरुको बिचार र योजना र भिजन बाट देश नबन्ने पुष्टि भैसकेको जिकिर गरिन । 

क्रान्तिले नेपाली कांग्रेसलाई कटाक्ष गर्दै भनिन्, परिवर्तनका खोक्रा एम्बासडर भनेर आफूलाई सम्झनेले डिजिटल डेमोक्रेसीका कुरा लत्याईरहेका छन् । चुनावमा गठबन्धन नगर्ने भन्नेकुरा ट्विटरमा स्टाटस लेखेर छ्यापछ्याप्ती छन् । यो हामिले प्रस्ट विधानमा लेखेका कुराहरू हुन्, कपी गर्न पाइन्छ तर दशकौँ राजनीतिक गरेकाहरूले आफ्ना दाजु भाउजुहरुलाई राजनैतिक संस्कार सिकाउन नसक्नेले अव फेरी राजनीति बनाउँछु भन्न सुहाउँछ ? उनले प्रश्न गरिन । 

प्रतिक्रिया दिनुहोस्