मेयर अर्यालको अध्यक्षतामा संवाद समिति गठन

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कपिलवस्तुका १० स्थानीय तहमध्ये बाणगङ्गा नगरपालिका मात्र छनोट


पालिका पत्र

२० फाल्गुन २०८०, आईतवार २२:३४ मा प्रकाशित


बाणगङ्गा, फागुन २० ।
बाणगङ्गा नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय संवाद समिति गठन गरेको छ । बैठकले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि बैठकले नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा समिति गठन गरेको हो । 

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमले गरिब, विपन्न, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरूलाई रोजगारीको सम्भावना सिर्जना गर्ने मेयर अर्यालले । संघको एक करोड र नगरपालिकाको ३० लाख गरि जम्मा एक करोड ३० लाख रुपैयाँ यस कार्यक्रमका लागी विनियोजन भएको उनले जानकारी दिए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघमा नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि देशभरबाट १०४ वटा स्थानीय तह छनोट गरेको थियो । जहाँ कपिलवस्तुका १० स्थानीय तहमध्ये बाणगङ्गा नगरपालिका मात्र छनोट भएको थियो । 

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८० / ०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तह हरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई मन्त्रालयले छनोट गरेको हो ।  

यस्तै आर्थिक वर्ष २०८० / ८१ का योजनाहरू तीब्र गतिमा अघि बढाउने बैठकले निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।  

यस्तै नगरपालिकाले नगरको आफ्नै लोगो छनोट गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले प्रकाश घिमिरेले निर्माण गरेको लागो छनोट गरेको नगर प्रवक्ता पौडेलले  जानकारी दिए । बाणगङ्गा नगरपालिकाले नगरपालिकाको लागो निर्माणका लागी सार्वजनिक अपिल गर्दै सहभागी हुन आह्वान गरेको थियो । जसमा ३२ जनाले डिजाइन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्