सबै सामुदायिक विद्यालयहरूमा अनिवार्य अंग्रेजी कक्षा सञ्चालन गर्न शिवराजको निर्देशन 


पालिका पत्र

१६ चैत्र २०८०, शुक्रबार १८:२१ मा प्रकाशित


बाणगङ्गा, चैत्र १६ । 

कपिलवस्तुको शिवराज नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयहरूलाई अंग्रेजी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । यही चैत्र १५ गते बसेको नगर शिक्षा समितिको बैठकको नणिर्य अनुसार निर्देशित गरिएको नगरप्रमुख अजय थापाले पालिका पत्रलाई जानकारी दिए । उनले  सबै सामुदायिक विद्यालयहरूले अनिवार्यरूपमा तल्लो कक्षा देखि कक्षा सञ्चालन गर्न पत्र मार्फत जानकारी गराइएको बताए । उनले भने, ”सामुदायिक विद्यालयहरूले अंग्रेजी कक्षा लागू गरे नगरेको अनुगमन गरिने छ ।” 
 
शिवराज नगरपालिकामा रु. ८ करोड ३२ लाख बराबरको बजेट शिक्षा क्षेत्रका लागि छुट्याइएको छ । आगामी आव ०८०/०८१ को लागि नगरको समग्र बजेटको ६ दशमलव ५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याइएको हो ।

गरिबका छोराछोरीलाई शिक्षामा सहज पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षा निःशुल्क शिक्षाको अवधारणा ल्याएर अगाडि बढेका नगर प्रमुख थापा बजेट मार्फत निर्णय कार्यान्वयन गराउन सफल देखिएका छन् ।

नगरपालिकाले विद्यालय तथा शिक्षकलाई पेशागत सहयोग प्रदान गर्नका लागि शिक्षा क्षेत्रमा १० वर्ष शिक्षण पेशा तथा शैक्षिक प्रशासन क्षेत्रमा अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई श्रोत विज्ञको रुपमा सेवा करारमा समेत राखेको नगर प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्