मेयर थापाको कदमः शिवराजमा निजी विद्यालयका शिक्षकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउने


पालिका पत्र

१९ बैशाख २०८१, बुधबार २०:३० मा प्रकाशित

शिवराज, वैशाख १९ । 
शिवराज नगरपालिका भित्र आवद्ध रहेका निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षकले न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोके बमोजिम पाउने भएका छन् ।


संस्थागत ( निजी ) विद्यालयका सञ्चालन समितका अध्यक्ष, विद्यालयका प्रधानध्यापक र नगर शिक्षा समिति सहितको आज बसेको बैठकले निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई बैक खाता मार्फत नेपाल सरकारले तोकेको पारिश्रमिक दिने र सोको प्रमाणित प्रतिलिपि नगरपालिका बुझाउने सहमति भएको नगर प्रमुख अजय थापाले बताए । 

साथै उक्त बैठकले संस्थागत विद्यालयलाई क, ख र ग बर्गमा वर्गीकरण गरि मासिक शुल्क निर्धारण गर्ने समिति गठन गरि काम अगाडि बढाउन निर्देशन दिएको छ । कुनै पनि शुक्ल लिदाँ स्पष्ट विवरण खुलाउने विषयमा पनि सहमति भएको प्रमुख थापाले बताए ।

नेपाल सरकारको २०८० / ८१ को लागि न्यूनतम मासिक पारिश्रमिक १७हजार ३ सय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्