संघीयले स्वास्थ्य स्वयंसेविकाको बजेट काट्यो, स्थानीय तहलाई दायित्व थपियो


पालिका पत्र

४ जेष्ठ २०८१, शुक्रबार ०८:५९ मा प्रकाशित

जेठ ४ गते । संघीय सरकारले स्थानीय तहहरुमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दिदै आएको सुविधा कटौती गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ अन्तरगत उपलव्ध गराइने बजेट कटौती गरेको हो ।

महाशाखाले स्वयंसेविकाका लागि यातायात खर्च, पोशाक खर्च, समीक्षा गोष्ठी संचालन खर्च र दिवस मनाउने प्रयोजनका लागि एकमुष्ठ बजेट स्थानीय तहमा उपलव्ध गराउँदै आएको थियो ।

तर बजेट अभाव देखाउँदै उसले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय समीक्षा गोष्ठी र राष्ट्रिय स्वयंसेविका दिवसका लागि उपलब्ध गराउने बजेट कटौती गरेको हो ।

महाशाखाका शाखा अधिकृत सौगात सम्बाहाङफेले बजेट कटौती भएको भन्दै कटौती भएका शीर्षकको बजेट स्थानीय तहबाटै उपलव्ध गराउने निर्णय भएको बताए ।

लामो समयदेखि उपलव्ध गराउँदै आएको बजेट कटौती भएपछि अब स्वयंसेविकामाथि भइरहेको खर्चको भारसमेत स्थानीय सरकारमाथि पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्