बाणगङ्गा नगरका विद्यालय ६ दिन बन्द


पालिका पत्र

१८ जेष्ठ २०८१, शुक्रबार ०७:५४ मा प्रकाशित

बाणगङ्गा,  जेठ १८ । कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगङ्गा नगरपालिका भित्रका विद्यालय बन्द भएका छन । नगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामी २० गतेदेखि २५ गते सम्म नगर भित्रका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीद्वारा हस्ताक्षरित सूचनामा वर्षे बिदाबाट कट्टा हुने गरी आगामी आइतबार देखि शुक्रबार सम्मका लागि ६ दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

पछिल्ला केही दिन यता बाणगङ्गा सहित कपिलवस्तु र तराइ मधेशका जिल्लामा अत्याधिक रुपमा गर्मी बढिरहेको छ । विहीबार कपिलवस्तुको सदरमुकाम तौलिहवाको तापक्रम ४६, बाणगङ्गाको ४३ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि जनजिवन प्रभावित बनेको छ । गर्मी अझै केही दिन बढ्ने मौसमविद्हरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्