संघीय बजेटमा यस्तो रह्यो कपिलवस्तु !

तीन नगरपालिकाको विशेष अनुदान कटौती


२० जेष्ठ २०८१, आईतवार ०९:२९ मा प्रकाशित

जेठ २० गते । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागी कपिलवस्तुमा पाँच अर्ब बजेट बिनियोजित गरेको छ । जिल्लाका १० स्थानीय तहका लागि पाँच अर्ब १६ करोड ६५ लाख विनियोजन गरेको हो । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ५२ करोड ३७ लाख, सःशर्त अनुदानतर्फ तीन अर्ब ४३ करोड ९३ लाख, बिशेष अनुदान नौ करोड ४५ लाख र समपुरक अनुदान दश करोड ९० लाख विनियोजन गरेको हो ।

वित्तीय हस्तान्तरण मार्फत कपिलवस्तुको १० वटै स्थानीय तहले रकम प्राप्त गरेकोमा जिल्लाको सबैभन्दा बढी बाणगंगा नगरपालिकाले रकम प्राप्त गरेको छ । सबैभन्दा कम यसोधरा गाउँपालिकाले कम रकम प्राप्त गरेको छ । बाणगंगा नगरपालिकाले ७२ करोड ३५ लाख रकम वित्तीय हस्तान्तरण मार्फत प्राप्त गर्दा यसोधरा गाउँपालिकाले ३३ करोड ८९ लाख रकम प्राप्त गर्ने भएको छ । बाणगङ्गा नगरपालिकाले ७२ करोड ३५ लाख संघीय सरकारबाट पाउने मध्ये वित्तीय समानीकरण तर्फ १९ करोड ९ लाख र सशर्त अनुदानतर्फ ५२ करोड ६१ लाख रहेको छ । बिशेष अनुदान तर्फ ६५ लाख अनुदान समेत प्राप्त गरेको छ ।

जिल्लामै सबैभन्दा बढि बिशेष अनुदान कृष्णनगर नगरपालिकाले अनुदान प्राप्त गरेको छ, जस्मा ३ करोड बजेट विशेष अनुदान प्राप्त गरेको हो । कृष्णनगर नगरपालिकाले ४८ करोड १२ लाख संघीय सरकारबाट अनुदान प्राप्त गर्ने भएको छ । जस्मा समानीकरण अनुदान तर्फ १६ करोड ३ लाख र सशर्त अनुदान तर्फ २७ करोड ५९ लाख, र समपुरक अनुदान तर्फ १ करोड ५० लाख रहेको छ ।

यस्तै, अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्तर्गत कपिलवस्तु नगरपालिकाका लागि सरकारले आगामी आवका लागि ६० करोड ४४ लाख बजेट विनियोजन गरेको छ । कपिलवस्तुले वित्तीय समानीकरणतर्फ १८ करोड ४१ लाख र सशर्त अनुदानतर्फ ४० करोड ८३ लाख प्राप्त गर्नेछ । समपुरक अनुदान एक करोड २० लाख समेत कपिलवस्तु नगरपालिकाले प्राप्त गर्नेछ ।

यस्तै, बुद्धभुमी नगरपालिकाका लागि सरकारले ६१ करोड ५६ लाख बजेट विनियोजन गरेको छ । बुद्धभुमिले वित्तीय समानीकरणतर्फ १६ करोड ६५ लाख र सशर्त अनुदानतर्फ ४४ करोड २६ लाख प्राप्त गर्नेछ । समपुरक अनुदान तर्फ ६५ लाख प्राप्त गर्नेछ ।

महाराजगन्ज नगरपालिकाका लागि ५७ करोड २१ लाख बजेट विनियोजन गरेको छ । यस्ले वित्तीय समानीकरणतर्फ १४ करोड ५५ लाख र सशर्त अनुदानतर्फ ४० करोड ६ लाख प्राप्त गर्नेछ । बिशेष अनुदान तर्फ एक करोड ४० लाख र समपुरक अनुदान तर्फ एक करोड ५० लाख प्राप्त गर्नेछ ।

यसैगरि, शिवराज नगरपालिकामा ५७ करोड २ लाख बजेट विनियोजन गरेको छ । शिवराजले वित्तीय समानीकरणतर्फ १६ करोड ९५ लाख र सशर्त अनुदानतर्फ ३८ करोड ५७ लाख प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । समपुरक अनुदान तर्फ भने शिवराजले एक करोड ५० लाख प्राप्त हुनेछ ।

गाउँपालिकामध्ये मायादेवी गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । मायादेवी गाउँपालिकाले आगामी आवमा ४७ करोड २८ लाख संघीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानीकरणतर्फ १३ करोड ८० लाख र सशर्त अनुदानतर्फ २९ करोड ६८ लाख छ । बिशेष अनुदान तर्फ एक करोड ५० लाख र समपुरक अनुदान तर्फ दुई करोड ३० लाख प्राप्त गर्नेछ ।

यस्तै यशोधरा गाउँपालिकाका लागि सरकारले आगामी आवका लागि ३३ करोड ८९ लाख बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १९ करोड ५५ लाख प्राप्त गर्दैछ साथै बिशेष अनुदान तर्फ एक करोड २० लाख र समपुरक अनुदान तर्फ एक करोड प्राप्त गर्नेछ ।

यसैगरि, बिजयनगर गाउँपालिकाले पनि ४४ करोड १ लाख बजेट प्राप्त गरेको छ, जस्मा बित्तीय समानीकरण तर्फ ११ करोड ६६ लाख र सशर्त अनुदान तर्फ २९ करोड ६० लाख बिनियोजित गरेको छ । बिशेष अनुदान तर्फ एक करोड ५० लाख र समपुरक अनुदान तर्फ एक करोड २५ लाख प्राप्त गर्नेछ ।

यस्तै, शुद्दोधन गाउपालिकाका लागि सरकारले आगामी आवका लागि ३४ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । शुद्दोधनले वित्तीय समानीकरणतर्फ १३ करोड ९ लाख र सशर्त अनुदानतर्फ २१ करोड १८ लाख प्राप्त गर्नेछ । शुद्धोधनले बिशेष अनुदान तर्फ ५० लाख प्राप्त गर्नेछ ।

सरकारले कपिलवस्तुका तीन पालिकामा विशेष अनुदान कटौती गरेको छ, जस्मा कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकाले प्राप्त गर्ने विशेष अनुदान सरकारले कटौती गरेको छ ।

प्रतिक्रिया दिनुहोस्