क्षमता विकास तालिमले समुदायमा परिवर्तन ल्याएको छः उपप्रमुख थारु


पालिका पत्र

२६ असार २०८१, मंगलवार १३:४७ मा प्रकाशित

बाणगंगा, असार २५ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको उपप्रमुख रिता कुमारी थारुले महिला दिदीबहिनीहरुको क्षमता विकास नभएसम्म अघि बढ्न नसक्ने बताएकी छन् । आफ्नै नीजि जीवनको उदाहरण प्रस्तुत गर्दै उनले अब घरमा सिमित नभएर महिलाहरु अघि बढ्नु पर्ने बताइन् ।

नवप्रभात सामुदायिव बन उपभोक्ता समुह बोडगाउँको आयोजनामा सम्पन्न भएको सात दिने उद्घोषण, भाषण तथा क्षमता विकास तालिमको समापन गर्दै उपप्रमुख थारुले भनिन्, म पनि पहिले बोल्न जान्दैनथेँ । एउटा संस्थामा सहजकर्ताको भूमिकामा रहेर काम गरेँ । विस्तारै बोल्ने कुराको अभ्यास हुन थाल्यो । घर र समाजमा पनि बोल्न थालेँ र अहिले यो भूमिकामा छु । सुरुमा त बोल्न पनि निकै डर लाग्दथ्यो, कसले के भन्छ कि भनेर हिनताबोध हुने गर्दथ्यो तर मैले गल्ती गरेकी रहेछु । पछि बुझेर हिम्मत गर्न थालेँ ।’समाजमा बोल्न थालेपछि धेरै परिवर्तनको अनुभूति गरेको उनले बताइन् ।

पछिल्लो समयमा सामुदायिक बनहरुले निकै राम्रो काम गरिरहेको भन्दै यो क्षमता विकास तालिमले महिलामा परिवर्तन ल्याएको कुरा आफैले देखेको बताउँदै प्रशिक्षकलाई धन्यबाद दिइन् । तालिममा सिकेको कुरा ब्यावहारमा उतार्न उनको आग्रह छ । अब सिप सिकेर आयआर्जनतर्फ दिदीबहिनीहरु अघि बढे कसैमाथि परनिर्भर हुन नपर्ने भन्दै सिप विकासको लागि आगामी बर्षको लागि प्रशष्त बजेट छुट्याइएको थारुको दावी छ ।

अब वन र नगर मिलेर धेरै काम गर्नुपर्ने उनको भनाई छ । वनका अध्यक्ष डिल्लीराज रेग्मीले पनि तालिमले बोल्नै नसक्ने ब्यक्तिलाई खरर बोल्ने गराएको भन्दै खुसी ब्यक्त गरे । नगरसंग सहकार्य गरेर अघि बढ्ने बताउँदै कहिँकतै ग्याप हुँदा भनेजस्तो विकास हुन नसकेको उनले बताए । वनले करिब १ करोड बराबरको सामाजिक, मानवीय र पूर्वाधारको काम गरेको उनले दावी गरे ।

रेडियो मायादेवीका कार्यकारी निर्देशक तथा प्रमुख प्रशिक्षक चन्द्रकान्त न्यौपानेले सिकेको कुरा ब्यावहारमा उतार्न आग्रह गरे । तालिम भनेको बाटो देखाउने माध्यम मात्र भएको भन्दै आगामी दिनमा अभ्यास गरे मात्र अर्थ हुने बताए ।
प्रशिक्षार्थीहरु हुमानाथ पौडेल, गिता भुसाल, रामप्रसाद पौडेल, रुक्मांगत रेग्मी, ऋषिका भण्डारीले तालिम फलदायी रहेको बताए ।

वनकी सचिव सिता पाण्डे भुसालको संचालनमा सम्पन्न कार्यक्रममा प्रशिक्षक न्यौपाने, सहायक प्रशिक्षक हरि घिमिरेलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही दिन नै चेतनामुलक (लागु पदार्थ दुव्र्यसनीकेन्द्रित) नाटक प्रस्तुत भएको थियो ।
जगदिशपुरमा बनेको फुटपाथमा कच्चा काम, २५ लाखको संरचनाबा ५० बढी प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्