बाणगङ्गा, साउन १६ । बाणगङ्गा नगरपालिकाकाद्वारा सञ्चालित पिपरा अस्पतालमा ३ जना कर्मचारी माग गरिएको छ । नगरपालिकाको आधिकारिक फेसबुक पेजमा बुधबार जारी गरिएको विज्ञापन अनुसार ल्याब टेक्निसियनमा २ जना र १ जना हेल्थ असिस्टेन्ट ( दुवैमा पाँचौँ तह ) पदमा कर्मचारी माग गरिएको हो ।
आवेदनको लागि आगामी श्रावण ३० गतेसम्मको अन्तिम समयसीमा छ । ल्याब टेक्निसियन पदमा आवेदन दिने ब्यक्तिले मान्यता प्राप्त संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरेको हुनुपर्ने र हेल्थ असिस्टेन्टको लागि हेल्थ चिकित्सामा प्रमाण पत्र तह उत्तीर्ण भएको हुनुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।लिखित र अन्तर्वार्ता परीक्षा गरी कर्मचारी छनौट गरिने बताइएको छ ।
विस्तृत जानकारी तलको सुचनामा पढ्नुहोस्