बुद्ध ज्योती क्याम्पसले पायो ‘बिबिए’को सम्बन्धन


१५ भाद्र २०८१, शनिबार १६:२२ मा प्रकाशित

भदौ १५ गते । कपिलवस्तु सदरमुकाम क्षेत्रमै पहिलो पटक बुद्धज्योती क्याम्पसले वि.वि.ए. कार्यक्रम सञ्चालनका लागि औपचारिक रुपमा मान्यता पाएको छ । एसएलसी तथा प्लस टु तर्फ जिल्लामै अब्बल कपिलवस्तु नगरपालिका वडा नं. ३ महितामा रहेको बुद्धज्योती क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बि.वि.ए. कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

क्याम्पसले बिहिबार बिबिए स्नातक सञ्चालनको लागि राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धनको अनुमति पाएको हो । सम्बन्धन पाएसँगै क्याम्पसले विद्यार्थीको भर्ना प्रक्रियालाई तिब्रता दिएको छ । भर्नाको लागि आवेदन खुला राखिएको क्याम्पसका प्राचार्य प्रकाश गैरेले जानकारी दिनुभयो ।

बि.वि.ए. कार्यक्रम अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल मानिन्छ । हरेक वर्ष बि.वि.ए. पढ्ने विद्यार्थीको संख्या बढिरहेको र स्थानीय आवश्यकता परिपूर्तिको लागि पनि यो कार्यक्रम सञ्चालन गरिएको प्राचार्य गैरेले बताउनुभयो । गैरेले आफ्नै देशमा स्रोत र साधनको खोजी गर्न सक्ने क्षमता सहितको उद्यमशिल जनशक्ति उत्पादन गर्न बि.वि.ए. कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो ।

उहाँले वि.वि.ए. कार्यक्रम सुरु गर्न लामो समयको प्रयासपछि उक्त कार्यक्रम सुरु गर्न सफल भएको जानकारी दिनुभयो । बीबीए कार्यक्रमका लागि क्याम्पसले ४८ जनालाई भर्ना गर्ने कलेज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्