अखिल क्रान्तिकारी कपिलवस्तुको नयाँ कमिटी चयन


पालिका पत्र

२५ भाद्र २०८१, मंगलवार १८:०६ मा प्रकाशित

कपिलवस्तु – माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुको २१ औं जिल्ला सम्मेलनबाट मधुसुदन गन्धर्व अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार तौलिहवामा सम्पन्न सम्मेलनले संगठनलाई नयाँ ऊर्जा र दिशा दिनको लागि गन्धर्वको नेतृत्वलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्पा न्यौपाने, सरिता बिक, र कमलेश पासवानमा चयन भएका छन् भने गोरखनाथ यादव सचिवको जिम्मेवारीमा रहेका छन् । सह-सचिवको रूपमा दिलिप कुमार चाई र कोषाध्यक्षमा रमिता सिंह सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मधुसूदन गन्धर्वले संगठनको सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहँदै समाजको हितका लागि थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। सम्मेलनले संगठनलाई थप सबल र सक्षम बनाउन नयाँ नेतृत्वलाई स्वागत गर्दै आगामी दिनमा थप ठोस कदम चाल्ने अपेक्षा राखेको छ ।

कपिलवस्तुका १० वटै पालिकाबाट प्रतिनिधित्व रहने गरि ४१ सदस्यीय नव कार्यसमिती चयन गरिएको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष हरिशचन्द्र खनालले जानकारी दिए ।

सम्मेलनको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव चक्रपाणी खनाल (बलदेव) ले उद्घाटन गरेका थिए। जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश इन्चार्ज सुर्य घर्तीमगर, केन्द्रीय सदस्य लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्