बाणगंगा, मंसिर ०७ ।
नेपाल फार्मेसी संघ, कपिलवस्तुले कुशल औषधि भण्डारण तथा बिक्री वितरण अभ्यास सम्बन्धी बृहत् एकदिने तालिमको आयोजना गर्यो। तालिम बिहीबार, पिस हिमालय रिसोर्ट, ठकुरापुर, कपिलवस्तुमा सम्पन्न भएको हो।
कार्यक्रममा औषधि व्यवसायका क्षेत्रमा कुशल भण्डारण र वितरण प्रणालीलाई सुदृढ बनाउँदै ग्राहक सेवा सुधार गर्ने उपायहरूमाथि छलफल गरिएको छ। यस तालिमलाई औषधि व्यवस्था विभाग (DDA) बिजुलीबजार, काठमाडौँले प्राविधिक सहयोग प्रदान गरेको थियो।
तालिममा बाणगंगा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख तालिममा सहभागी व्यवसायीहरूलाई औषधिको गुणस्तर कायम राख्न कुशल भण्डारण प्रणालीको महत्त्वबारे प्रकाश पारे। उनले औषधिको सही वितरण र उपभोगकर्ताको स्वास्थ्य सुरक्षामा यस्ता अभ्यासले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल फार्मेसी संघ, कपिलवस्तु शाखाका अध्यक्ष रमेश शर्माले तालिमले व्यवसायिक विकासका लागि मार्गदर्शन गर्ने र औषधि वितरण प्रक्रियालाई अझ व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
तालिममा स्थानीय फार्मासिस्ट र औषधि व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता तालिमले व्यावसायिक क्षमतामा वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखेका छन्।