गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री पोखरेल


appharu

19 January, 2022 9:08 am मा प्रकाशित

कास्की ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । उनले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताए । आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने उनको भनाइ थियो ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकनसमेत गर्नुभएका मुख्यमन्त्री पोखरेलले त्यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए कोरोनाको तेस्रो लहरबाट बच्न सबै नागरिक सचेत हुन उनले आग्रह गर्दै केही महिनाभित्र सबैलाई कोरोनाविरुद्धको खोप लगाइने बताए ।

प्रतिक्रिया दिनुहोस्