ओमसतिया ६ को वडाध्यक्षमा शिव धवल विजयी


appharu

४ जेष्ठ २०७९, बुधबार २१:२८ मा प्रकाशित

पालिकापत्र, ओमसतिया ।
रुन्दिेहीके ओमसतिया गाउंपालिका–६ को वडाध्यक्षमा माओवादी केन्द्रका शिव कुमार धवल विजयी भएका छन् । उनी प्यानलसहित बिजयी भएको निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिएकी छन् । धवल यसअघि पनि वडाध्यक्ष निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्षमा एमालेका मन्जित कुमार यादव र उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता चौधरी बिजयी भएका छन् । ‘वडामा स्वास्थ्य, शिक्षा,सडक, विद्युुत लगायत भौतिक पुर्वाधार, कृषि र सामाजिक विकास,खेलकुदका क्षेत्रमा अहोरात्र खटेर काम गरेकाले जनताले फेरि एक पटक मौका दिनुभएको छ, यसपटक अझ राम्रो गरेर वडालाई नमूना बनान लागिपर्छु– वडाध्यक्षमा निर्वाचित भएपछि पालिकापत्रसंग धवलले भने ।

प्रतिक्रिया दिनुहोस्