लुम्बिनी र राप्ती अस्पतालको ओपीडी टिकट र जनरल बेड निःशुल्क निःशुल्क


appharu

15 June, 2022 8:15 pm मा प्रकाशित

पालिकापत्र,बुटवल । अबदेखि लुम्विनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी टिकट र जनरल बेडमा लाग्ने शुल्क नलाग्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० को वजेट लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी टिकट र जनरल बेडमा शुल्क नलिने घोषणा गरेको हो । वजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले ओपिडी टिकट जनरल बेडमा शुल्क नलिने निर्णय कार्यान्वयनका लागि वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन गरेको मन्त्री खड्काले जानकारी दिए । वजेट वक्तव्यमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा स्तारेन्नति गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्