प्याब्सनद्वारा प्रदेशस्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, कुँवरवर्ती प्रथम


appharu

27 August, 2022 12:19 pm मा प्रकाशित

पालिकापत्र,बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता कपिलवस्तुमा सम्पन्न भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट छनौट भएका १७ वटा विद्यालयका १८५ विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा रुपन्देहिको कुँवरवर्ती इङ्गलिश सेकेण्डरी स्कुलले प्रथम, नवलपरासीको सुनवल युनाइटेड इङ्गलीश सेकेण्डरी स्कूल द्धितीय,कपिलवस्तुको हिलवर्ट इङ्गलिश स्कूल तृतीय र बाँकेको स्प्रीङ्ग डेल एकेडेमीले सान्त्वना भएका छन् । विजेता विद्यालयहरुलाई क्रमश: नगद रु २० हजार, रु १५ हजार, रु १० हजार र ५ हजार साथै शिल्ड, प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गरिएको थियो । प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेको सभापतित्व र कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा कार्यव्रmम सम्पन्न भएको थियो । लोक नृत्य प्रतियोगितामा राष्ट्रिय नाचघरका कलाकार गिता थापा घिमिरे र राष्ट्रिय नृत्य प्रशिक्षक सुरेन्द्र देसारले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यव्रmममा शिवराज नगरपालिकाका नगर उप–प्रमुख शिवकुमारी थारु, प्याब्सन केन्द्रीय सचिव यादव गिरी, प्याब्सन केन्द्रीय सहकोषाध्यक्ष यमबहादुर थापा, प्याब्सन प्रदेश सल्लाहकार खेम थारु, प्याब्सन केन्द्रीय सदस्य शिव प्रसाद गैरे, प्रदेश उपाध्यक्ष तथा कार्यव्रmम संयोजक केशव सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । साथै कार्यव्रmममा प्याब्सन केन्द्रीय सदस्यहरु सन्तोष अधिकारी, खेमेन्द्र राना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्