डोटीमा भूकम्प, ६ जनाको मृत्यु


appharu

9 November, 2022 7:08 am मा प्रकाशित

पालिकापत्र, बुटवल । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिकामा राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले वडा नं ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको हो। पाँचजना घाइते भएका छन्।

मृतकको पहिचान खुलिनसकेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। भुकम्पले थुप्रै घर भत्किएका र पशु चौपायालगायतको क्षतिबारे विवरण आइ नसकेको उनले बताए ।

पाँच घाइतेलाई उपचचारका लागि जिल्ला अस्पताल लगिएको छ। घर भत्किएर फसेको हुनसक्ने आशंकामा उद्धारको काम अघि बढाएको अध्यक्ष उपाध्यायले बताए।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी केन्द्रविन्दु बनाएर २ः१२ बजे ६.६ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि मंगलबार बेलुकी ९ बजेर ७ मिनेटमा ५.७ र राति ११ बजेर ५६ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्