शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता


appharu

३ पुष २०७९, आईतवार १८:०१ मा प्रकाशित

पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा प्रदान गरेको छ । बैंकको बुटवल कालिकानगरस्थित कर्पोरेट शाखा कार्यालयमा बुटवल उपमहानगरपालिका बुटवल वडा नं ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वास्थ्य स्वयंसेविकाहरु र कार्यालयका कर्मचारीहरु गरी ३५ जना भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान गरिएको हो । कार्यक्रममा बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैकिङ कारोबारमा सहभागी गराउंदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयम्सेविकाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको बताइन् । नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी हिस्सा महिलाको भएपनि उनीहरुमा वित्तीय साक्षरता दर धेरै कम भएकाले बैंकले महिलालाई प्राथमिकता दिएको थापाले बताइन् । शाइन रेसुङ्गाले महिलाहरुलाई सहुलियत ब्याज दरमा विभिन्न कर्जा र
वचत गर्ने बानीको विकासका लागि नारी वचत खाता सञ्चालनमा ल्याएको प्रमुख सञ्चालन अधिकृत थापाले जानकारी गराइन् । उनले महिलाहरु उद्यम–व्यवसाय र उत्पादनसंग जोडिन पनि वित्तीय साक्षरता जरुरी हुने उनले स्पष्ट पारिन् । बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको थापाले बताइन् । बैंंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपानेले डिजिटल बैकिङ कारोबार गर्दा सेवाग्राहीले घर वा कार्यालयमै बसेर सुरक्षित र छिटो छरितो सेवा लिन सकिने जस्ता फाइदाहरु र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।
। उक्त कार्यक्रमको संयोजन कर्पोरेट ब्रान्च म्यानेजर अञ्जली केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्