२९औं न्यु होराइजन प्रदेशस्तरीय हाजिरीजवाफमा सय बढी विद्यालय सहभागी हुंदै


appharu

६ पुष २०७९, बुधबार २३:३२ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको न्यू होराइजन अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा हुन गइरहेको २९ औं लुम्बिनी प्रदेश स्तरिय हाजिरिजवाफ प्रतियोगितामा प्रदेशका सय भन्दा बढी विद्यालयले भाग लिने भएका छन् ।

प्रदेशका सबै जिल्लाका विद्यालय र विद्यार्थीको प्रतिनिधित्व गराउने उद्देश्यले विद्यालयले यसपटक पाल्पा, दाङको लमही र बुटवलमा
पहिलो चरणको छनोट प्रतियोगिता गर्ने भएको छ । तन वटा केन्द्रबाट उत्कृष्ट २ – २ वटा गरी ६ वटा विद्यालयलाई पुस १५ गते बुटवलमा फाइनल प्रतिस्पर्धा गराइने विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यक्षले प्रदेशभरका सामुदायिक र संस्थागत विद्यालयबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने र विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउन प्रतियोगितालाई निरन्तरता दिंदै आएको बताए । २०४८ सालबाट शुरु भएको प्रतियोगिता कोरोना महामारीका कारण विगतका २ वर्ष सञ्चालन हुन नसकेपनि अब थप परिस्कृत र प्रविधिमैत्री बनाउंदै निरन्तरता दिने प्राचार्य उपाध्यायले बताए ।

विद्यालयले गर्दै आएको हाजिरीजवाफ प्रतियोगितालाई यसपटक अझ प्रदेशव्यापी बनाउन रुकुम पुर्व वाहेक ११ जिल्लाका १ सय भन्दा बढि विद्यालयहरुको सहभागिता गराउन लागेको उनले बताए । पहिलो चरणमा तीन स्थानमा हुने प्रतिस्पर्धामा प्रथम र द्धितिय हुने २–२ विद्यालय गरी फाईनलमा ६ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक गणेश भण्डारीले बताए । फाईलन प्रतियोगिताको प्रथमले नगद ३० हजार, द्धितिय हुनेले २० तथा तृतिय हुनेले नगद १५ हजार नगद सहित शिल्ड र मेडल प्राप्त गर्ने कार्यक्रम संयोजक गणेश भण्डारीले जानाकारी दिए ।

पहिलो चरणमा प्रथम,दोस्रो र तेस्रो हुने २ वटा विद्यालयलाई पनि क्रमशः ६ हजा।,४५०० र ३ हजारका दरले नगर पुरस्कार दिइने भण्डारीले बताए ।
न्यू होराईजन संस्थाका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले नीजि क्षेत्रका विद्यालयका कारण मुलुकको शैक्षिक गुणस्तर राम्रो हुन सकेको भन्दै सरकारले निजी क्षेत्रका विद्यालय र विद्यार्थीमाथि सौतेलो व्यवहार गरेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले शैक्षिक क्षेत्रको उन्नयनमा न्यू होराईजनको भुमिका अतुलनिय रहेको भन्दै सामाजिक उत्तरदायित्व बहन गर्न पनि विद्यालयलाई सुझाव दिए । कार्यक्रममा विद्यालयका सहप्राचार्य बासुदेव अर्याल,बालकृष्ण भण्डारी,राजिव श्रेष्ठ,शिक्षकहरु विष्णुप्रसाद बस्याल,कमलापति अर्याल लगायतले न्यू होराईजनले आयोजना गर्ने हाजिरीजवाफ प्रतियोगिताले प्रदेशभरका विद्यार्थीमा पढ्ने बानीको विकास गर्न योगदान पु¥याएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्