स्वतन्त्र नागरिक समूहले देशभक्तिपूर्ण म्युजिक भिडियो बनाउंदै, चर्चित नृत्य निर्देशक कमल राई कोरियोग्राफर


appharu

१४ पुष २०७९, बिहीबार ०८:४२ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीमा क्रियाशील स्वतन्त्र नागरिक समूह नेपालले खासगरी युवा पुस्तामा देशभक्ति, नेपालको मौलिक परम्परा,संस्कृति संरक्षणका साथै विद्यार्थीहरुमा अनुशासनको सन्देश दिने उद्देश्यले म्युजिक भिडियो बनाउन थालेको छ । समूहले ‘नेपालको जय होस्’ बोलको गीतको म्युजिक भिडियो बनाउन लागेको बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
स्वतन्त्र नागरिक समूह नेपालको अध्यक्ष विश्वराज गैरेले गीत संगीत मार्फत आम जनता र युवा पुस्तालाई देशभक्तिको सन्देश दिन म्युजिक भिडियो बनाउन लाागेको बताए । म्युजिक भिडियोलाई उत्कृष्ट बनाउन नेपालमा ४० वर्षदेखि फिल्म क्षेत्रमा नृत्य निर्देशकको भूमिकामा योगदान दिएका कमल राईलाई पहिलोपटक म्यूजिक भिडियोको निर्देशक बनाएर ल्याएको बताए ।

६ मिनेट २० सेकेन्ड लामो गितको सुटिङ नयाँगाउस्थित मुक्तिनाथ धाममा पुस १५ गते शुभमुहर्त गरिने र चार दिनसम्म लुम्बिनी, मणिग्राम लगायत पर्यटकिय क्षेत्रहरुमा सुटिङ हुने उनले बताए । गैरेले बुटवलमा धेरै प्रतिभाशाली कलाकार रहेकालले उनीहरु मध्येबाटै म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार छनोट गर्न निर्देशकलाई सुझाव दिदएको बताए ।
पत्रकार सम्मेलनमा नृत्य निर्देशक राईले नेपालसहित अन्य विभिन्न देशका पाँच सय बढी फिल्म नृत्य निर्देशन गरेको भएपनि म्युजिक भिडियोको निर्देशन पहिलो भएको बताए ।

स्थानीय कलाकारलाई प्राथमिकता दिन रुपन्देहीका चारवटा विद्यालयका चारदर्जन बढी विद्यार्थीहरुलाई कोरस डान्सको लागि एक हप्तादेखि तयारी गरिरहेको उनले बताए । सुटिङमा भने प्रविधि र प्राविधिकको टिम काठमाडौबाट झिकाईएको उनले बताए । दार्जिलिङ स्थायी घर भएका राईले नेपाल प्राकृतिक रुपमा नै फिल्मका लागि उपयुक्त स्थल भएको दाबी गर्दै उनले यो थलोलाई संरक्षणका साथै प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।
म्यूजिक भिडियो निर्देशनधेरै पारिवारिक र सन्देशमूलक फिल्म बनाएर्का निर्देशक शिव ढकालले गर्दै छन ।
समूहका महासचिव टोपबहादुर केसीले संस्था कुनै राजनीतिक दल निटक नभई विशुद्ध स्वतन्त्र भूमिकामा रहेको बताए । यो समूहले गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन वहिस्कार गर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्