जनप्रतिनिधि र कर्मचारीको विवरण पठाउन समन्वय अधिकारीलाई पत्राचार


appharu

22 June, 2021 7:20 am मा प्रकाशित

काठमाडौँ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाभित्र कोभिड–१९ को कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण पठाउन जिल्ला समन्वय अधिकारीलाई पत्र पठाएको छ ।

मन्त्रालयले सोमवार एक सूचना प्रकाशित गर्दै कतिपय पालिकाहरूले पूर्णरुपमा विवरण भरेको नपाइएकोले जिल्ला भित्रका पालिकाहरूमा कोभिड–१९ का कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण अद्यावधिक रूपमा सीएमआईएस मा भरी पठाउन भनेको हो ।
यसअघि जेष्ट १८ गते प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्