कपिलवस्तुको वाणगंगा नगरपालिका बजेट बनाउन लाग्यो


appharu

१३ जेष्ठ २०७८, बिहीबार १६:२३ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।
कोरोना महामारीको बीचमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८ । ०७९ को लागि बजेट बनाउन लागेको छ ।
नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षतामा विहीबार बसेको नगर कार्यपालिकाको वैठकले बिभिन्न निर्णय गर्दै बजेट बनाउने कामको थालनी गरेको हो ।

नगरको निर्णय अनुसार वडागत सिलिङको लागि सिमा निर्धारण गरिएको छ । नगर प्रवक्ता विष्णु पौडेलले वडालाई ४ सुत्रमा राखेर सो सिलिङ निर्धारण गरिएको जानकारी दिनुभयो ।

वडाको क्षेत्रफल, भौगोलिक विकटता, जनसंख्या र नगरको आन्तरिक आयमा वडाले खेलेको भूमिकाको आधारमा सबैभन्दा धेरै सिलिङ १ करोड ३८ लाख पाउने वडा वडा नम्बर १० रहेको छ भने यिनै सुत्रको आधारमा अन्य वडाले ९६ लाखमाथि सिलिङ विषयगत शाखाले पाउनेछन् ।

यसै गरी वडाले अब आगामी कार्यक्रमको लागि जेठ २५ गतेभित्र बस्तीतहबाट बनेका आफ्नो योजना पेश गर्नु पर्ने छ । वैठकले राजस्व परामर्श समितिले पेश गरेको पतिवेदन पनि स्विकृत गरेको छ ।

नगर प्रवक्ता पौडेलका अनुसार पिपरा अस्पतालको पूर्वाधार विकास र स्तरोन्नतिका लागि लागि संघीय र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । यसै गरी आगामी आर्थिक बर्ष २०७८ । ७९ को लागि बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन माग गरेको छ ।

वैठकले कोरोना नियान्त्रण गर्न नगरले अहिले खेलेको भूमिका राम्रो रहेको भन्दै थप सजगताको लागि नगरबासीलाई अपिल गरेको छ भने विरामीको स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्