संघीय सरकारबाट कपिलवस्तुका १० स्थानीय तहले कति पाए बजेट ?


appharu

१७ जेष्ठ २०७८, सोमबार १८:३५ मा प्रकाशित

कपिलवस्तु ।
आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले कपिलबस्तुका दश स्थानीय तहका लागी ४ अर्ब ६० करोड ७९ लाख बजेट बिनियोजित गरेको छ । अध्यादेश मार्फत सरकारले कपिलबस्तुका लागि विनियोजन गरेको यो वजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो ।

कुल बजेट अनुदान अन्र्तगत चालुतर्फ ४ अर्व १९ करोड ३० लाख बिनियोजित छ भने पूंजीगत तर्फ ४१ करोड ४९ लाख मात्र बिनियोजन गरिएको छ । सरकारले कपिलबस्तुका लागी समपूरक अनुदान (पुजीगत) तर्फ ७ करोड ९१ लाख, बिशेष अनुदान अन्र्तगत पूंजीगत तर्फ ९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ ।

यसैगरि सशर्त अनुदान तर्फ चालु २ अर्ब ५६ करोड ८५ लाख र पूंजीगत २४ करोड ६ लाख गरि कुल २ अर्व ८० करोड ९१ लाख बिनियोजन गरिएको छ । कपिलबस्तुमा गतबर्ष ४ अर्ब २७ करोड ३२ लाख बजेट संघीय सरकारले प्रदान गरेको थियो ।

जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर सो वजेट विनियोजन भएको हो । यसैगरि अहिले कार्यसम्पादनका आधारमा समेत प्राथमिकताको आधारमा बजेट बिनियोजन समेत गरि सरकारले नयाँ प्रावधान तयार पारेको छ ।

सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलद्धारा जेष्ठ १५ मा जारी बजेटमा न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित अनुदान गरि समानिकरण अनुदानलाई प्राथमिकता दिई बजेट बिनियोजन गरिएको छ । जसअनुरुप समानीकरण अनुदान अन्र्तगत १ अर्ब ६२ करोड ४५ लाख कपिलबस्तुका लागी बिनियोजित छ । न्यूनतम अनुदान ३७ करोड ७५ लाख, सुत्रमा आधारित अनुदान १ अर्ब २० करोड २६ लाख र कार्यसम्पादनमा आधारित अनुदान तर्फ ४ करोड ४० लाख बजेट अनुदानको बिनियोजन भएको छ ।

कपिलबस्तुका छ नगरपालिका मध्ये सवैभन्दा धेरै बाणगंगा नगरपालिकालाई ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ५७ करोड ८४ लाख चालू खर्च र ५ करोड ८२ लाख पुजिगत खर्चका लागि बजेट कायम छ । भने चार गाउँपालिका मध्ये मायादेबी गाउँपालिकालाई ३९ करोड ९४ लाख रुपैयाँ विनियोजित गरेको छ । यसमा पनि चालुतर्फ ३६ करोड ४२ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ३ करोड ५२ लाख बजेट बिनियोजन गरिएको छ ।

यस्तै नगरपालिकामा सवैभन्दा कम महाराजगंज नगरपालिकालाई ४४ करोड ४ लाख रुपैयाँ विनियोजित भएको छ । महाराजगन्जमा बिनियोजित बजेट मध्ये चालुतर्फ ४१ करोड ७४ लाख र पुजिगततर्फ २ करोड ३० लाख बिनियोजित छ । यस्तै गाउँपालिका तर्फ सबैभन्दा कम यशोधरा गाउँपालिकालाई ३१ करोड २९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यशोधरामा चालुतर्फ ३० करोड १४ लाख र पुजिगत तर्फ १ करोड १५ लाख बजेट बिनियोजन गरिएको छ ।

विनियोजित वजेट अनुसार आगामी आर्थिक वर्षका लागि कपिलबस्तु नगरपालिकामा ५५ करोड ४२ लाख ९चालुतर्फ ५१ करोड ८६ लाख र पुजिगत तर्फ ३ करोड ५६ लाख०, कृष्णनगर नगरपालिकामा ४५ करोड ५८ लाख ९चालुतर्फ ४१ करोड २६ लाख, पुजिगत तर्फ ४ करोड ३२ लाख० , बुद्धभूमि नगरपालिकामा ५९ करोड ६७ लाख ९चालुतर्फ ५१ करोड ६४ लाख र पुजिगत तर्फ ८ करोड ३ लाख० र शिवराज नगरपालिकामा ५१ करोड ४८ लाख ९चालुतर्फ ४८ करोड १४ लाख र पुजिगत तर्फ ३ करोड ३४ लाख० रुपैयाँ विनियोजन भएको हो ।

यस्तै गाउँपालिका तर्फ बिजयनगर गाउँपालिकामा ३६ करोड ५० लाख ९चालुतर्फ २९ करोड ७६ लाख, पुजिगत ६ करोड ७४ लाख० र शुद्घोधन गाउँपालिकामा ३३ करोड २१ लाख ९चालुतर्फ ३० करोड ५० लाख र पुजिगत २ करोड ७१ लाख० रुपैयाँ विनियोजन गरिएको छ । यसैगरि अहिले प्रस्तुत बजेट मार्फत आगामी आर्थिक बर्षका लागी बिशेष अनुदानबाट महाराजगंज नगरपालिका बञ्चित रहेको छ । चारवटा गाउपालिका मध्ये बिजयनगर गाउपालिकाले मात्र बिशेष अनुदान प्राप्त गर्न सफल भएको छ ।

गणतन्त्र स्थापनापछि अध्यादेश मार्फत आएको यो बजेट छैठौं हो तर नेपालको संबिधान २०७२ जारी भएपछि अध्यादेश मार्फत आएको आउने यो बजेट पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्