वाणगंगा नगरपालिकाको वडा नं. २ द्धारा बजेटबारे सर्वपक्षिय छलफल


appharu

२९ जेष्ठ २०७८, शनिबार ०७:२७ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ ले आर्थिक बर्ष ०७८/७९ को नीति, कार्यक्रम र बजेटका बारेमा छलफल चलाएको छ । वडाभित्र रहेका सर्वदलिय र सर्वपक्षियसंग आगामी दिनको योजनाबारे वडा नं. २ ले छलफल चलाएको हो ।

कार्यक्रममा वडाध्यक्ष विष्णु पौडेलले हालसम्म वडाले गरेको प्रगति प्रतिवेदनका साथै भैरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

वडा कार्यालयमा भएको अन्तरक्रिया तथा छलफलमा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले विभिन्न सुझाव दिएका छन् ।

उनीहरुले वडा नं. २ मा भए गरेका विकास निर्माणको कामप्रति आफुहरु सन्तुष्ट रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले वडा नः २ को बिकासलाई हेरेर अन्य वडापनि अगाडी बडनु पर्ने बताउनुभयो । सांसद पन्थीले आगमी बर्षहरुमा वडामा गर्न सकिने र गर्न पर्ने योजनाका ारे पनि आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का नहकुल शाही, नेपाली कांग्रेसका कविराज ज्ञवाली, माओवादी केन्द्रका रत्न बहादुर कार्की र राष्ट्रिय जनमुक्ती पार्टीका घन बहादुर थापा लगायतको सहभागीता रहेको वडा सचित्र नरेन्द्र पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्