बुद्धभूमि नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने छात्रालाई आर्थिक सहयोग गर्ने


appharu

१ असार २०७८, मंगलवार १०:५६ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्राविधिक विषयमा अध्ययनरत छात्रा विद्यार्थीका लागि हौसला स्वरुप छात्रवृत्तीको व्यवस्था गरेको छ । प्रत्येक वडामा १ जनाका दलले बार्षिक रु तीस हजार रुपैयाँ थारुरमधेसी र अत्यन्त न्यून आय भएका प्राविधिक शिक्षा अध्ययन गर्ने जेहेन्दार छात्रा विद्यार्थीलाई उक्त छात्रवृत्ती दिने बुद्धभूमिले तयारी गरेको हो ।

नगरपालिकाले छात्रवृत्ती वितरणको कार्यविधि बनाई अध्ययनको निरन्तरता र उत्तीर्णतालाई आधार मानेर ३ बर्षसम्म बार्षिक रु. ३० हजार रुपैयाँ दिने गरी सर्वाजनिक सूचना जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई मापदण्ड तोकेर १५ दिन भित्र आवश्यक कागजातसहित आफ्नो वडामा निवेदन दिन सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

सूचनामा उल्लेख भए अनुसार नगरभित्रका थारुरमधेसी र अत्यन्त न्यून आय भएका छात्रा विद्यार्थीले तोकिए बमोजिम निवदेन, अभिभावकको नागरिकता र छात्राको नागरिकता वा परिचय खुल्ने कागजात, एसईईको मार्कसिट प्रतिलिपि र सम्बन्धित शैक्षिक संस्थाको सिफारिससहित वडामा निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । निवेदन उपर छलफल पश्चात मापदण्ड पुगेकालाई छात्रवृत्तीको लागि योग्य ठहराइने उहाँले बताउनुभयो ।

छात्रवृत्तीका लागि वडास्तरमा वडा शिक्षा समितिले छात्राहरुको छनौट गर्दा एकल महिला, भएकारअपाङ्गता भएको व्यक्ति घरमूली भएका तथा अभिभावक स्थायी जागीर वा दिगो आम्दानी हुने प्रकृतिको व्यवसायमा नरहेका तर जेहन्दार छात्राहरु मध्ये एक मुख्य र एक बैकल्पिक गरी सिफारिस भएर नगरपालिकामा आएपछि नगर स्तरीय छात्रवृत्ती सञ्चालन तथा व्यवस्थापन समितिले एकिन गरी सिफरिस गरेपछि छात्रवृत्ती पाइने नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

छात्राहरुलाई प्राविधिक शिक्षाको माध्यमद्धारा सवल, आत्मनिर्भर र स्वावलम्बी बनाउने मनसायका साथ अध्ययन छात्रवृत्ती प्रदान गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्