तिलोत्तमाको सेमरामा पनि १५ शैयाको सरकारी अस्पताल बन्ने

अरु दुई वटा निर्माणाधीन


appharu

२२ असार २०७८, मंगलवार ११:४५ मा प्रकाशित

पालिका पत्र/ तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको सेमरा स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । योसंगै तिलोत्तमा नगरपालिकामा १५ शैयाका सरकारी अस्पताल तीन वटा हुने भएका छन्। यस अघि नगरपालिकाको आनन्दवन र बिपिग्राम गंगोलियामा रहेका स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल बनाउने काम शुरु भएको छ । हालै मात्र अर्थ मन्त्रालयले उक्त स्वास्थ्य केन्द्रको स्तरउन्नती गरी १५ सैयाको अस्पताल बनाउन बजेट उपलब्ध गराउने सहमती दिए संगै उक्त स्वास्थ्य केन्द्र अस्पताल बन्ने निश्चित भएको हो।

नगरपालिकाको निर्णय र पहलमा अर्थमन्त्री बिष्णु पौडेल र रुपन्देही १ का संघीय सांसद छबिलाल बिश्वकर्माले साथ दिएपछि उक्त स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने पहल सार्थक भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

अस्पताल बनाउन सरकारले छिट्टै करीव २० करोड रुपैया निकासा दिने र त्यस लगत्तै स्तरोन्नतीको काम सूरु हुने उनले बताए । उक्त स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोननतिका लागि रोटरी क्लव अफ बुटवलले करीव डेढ करोड बरावरका उपकरण सहयोग गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्