बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सभा अधिवेशन मध्यरातमा अन्त्य


appharu

१ श्रावण २०७८, शुक्रबार ०७:१२ मा प्रकाशित

बुटवल ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बजेट पारित हुन नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चिरन्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

यो पनि सत्ता पक्षकै वहिस्कारले पास हुन सकेन लुम्बिनीको वजेट

प्रतिक्रिया दिनुहोस्