कपिलवस्तुको बाणगंगा कोभिड १९ पूर्ण खोपयुक्त पालिका


appharu

९ बैशाख २०७९, शुक्रबार १७:५१ मा प्रकाशित

पालिकापत्र
बुटवल । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका कोभिड १९ पूर्णखोप युक्त पालिका घोषणा भएको छ ।
पालिकाका १२ बर्ष माथिका सवै ७२ हजार ८ सय ८९ जनाले खोप लगाएपछि पालिकालाई शुक्रबार एक समारोहबीच कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले टेकराज पन्थीको अध्यक्ष र प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा पूर्ण खोप आजदेखि पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २९७ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीइ अधिकृत पन्थी, महिला स्वास्थ स्वयंसेविका सन्जालको अध्यक्ष , पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, स्वास्थ कार्यालय कपिलवस्तु का प्रमुख हेमराज पाण्डे, धर्मेन्द्र मिश्र लगायतले बाणगंगा कोभिड १९ पूर्ण खोपयुक्त पालिका घोषणा भएकोमा खुसी ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्