तिलोत्तमामा एमालेका जनप्रतिनिधि हरि पौडेलको विद्रोह, स्वतन्त्रबाट उम्मेदवारी दिने


appharu

१२ बैशाख २०७९, सोमबार १०:५० मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा ।

नेकपा एमालेबाट गत स्थानीय चुनावमा तिलोत्तमा ५ को वडा सदस्यमा सर्वाधिक मत प्राप्त गरी विजयी हरि पौडेलले पार्टीबाट विद्रोह गरी यसपटक स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनी वडा अध्यक्षका आकांक्षी पनि थिए । तर पार्टीले हालका वडा अध्यक्ष चेतनारायण भण्डारीलाई नै उम्मेदवार बनाएपछि पौडेलले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । उनले अघिल्लो चुनावमा कांग्रेसका उम्मेदवार भन्दा ३ सय बढी मत पाएर विजयी भएका थिए ।

वडा अध्यक्षमा भने ७२ मत मात्र फरक थियो । ‘सबैभन्दा धेरै मत ल्याएको, रातदिन नभनी जनताको काममा खटेको व्यक्तिलाई पाखा लगाएर अरुलाई टिकट दिएर अन्याय गरेपछि स्वतन्त्र उम्मेदवारी दिन लागेको हुं’–उनले भने–बताए । पार्टी छाडेको पछि पारेर टिकट बिांडेकोमा मेरो आपत्ति छ’–पौडेलले भने–‘नेताको चाकरी गर्ने,पैसा खर्च गर्नेले मात्र टिकट पाउने प्रवृत्ति हावी भयो ।’ पौडेलले मतदाताले पार्टीको चुनाव चिन्ह हेरेर होइन, जनताको काम गर्ने स्वच्छ र सक्षम व्यक्तिलाई हेरेर भोट दिने विश्वास व्यक्त गरे ।

आफूले युवादेखि पाको पुस्तासम्मको भावनालाई समेटेर काम गर्ने भएकाले चुनाव जित्नेमा ढुक्क रहेको बताए । आफूले जितेपछि वडावासीलाई वडाबाट हुने कामहरु घरबाटै अनलाइन सेवामार्फत दिने, फोहोरमैला व्यवस्थापन शुल्क निशुल्क, गर्ने, विपन्नलाई सिफारिस निःशुल्क, विरामीलाई निःशुल्क उपचार र एम्बुलेन्स सेवा दिने,आफ्नो खर्चमा हरेक वर्ष वडाका २ जना विपन्न विद्यार्थीलाई निशुल्क अध्ययन गराउने र मणिग्रामको शान्ति स्कुल देखि टिका भवनसम्मको बजारलाई राति १० बजेसम्म खुल्ला गराई रात्री बजार सञ्चालन गर्ने योजना रहेको बताए । पौडेलले वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्