एमालेले घोषणापत्रको १० प्रतिशत काम पनि गरेन : खांण, एमाले कार्यकर्ता कांग्रेस प्रवेश


appharu

१६ बैशाख २०७९, शुक्रबार १६:५७ मा प्रकाशित


पालिकापत्र, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खांणले अघिल्लो निर्वाचनमा एमालेको घोषणा पत्रमा उल्लेख भएको १० प्रतिशत काम पनि नभएको बताएका छन् । शुक्रबार कांग्रेसको तिलोत्तमा वडा नम्बर १को चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले सधै जनता झुक्याउने , भ्रम छर्ने काम गरेको र चुनावी घोषणा पत्रमा उल्लेख भएका ९० प्रतिशत काम नगरेको बताए । तिलोत्तमाका मेयर बसुदेव घिमिरेले बाहिर सेवा सुबिधा लिन्न भनेर नाटक गर्ने तर भित्र नितिगत रूपमै करोडौंको भ्रष्टाचार गर्ने गरेको गम्भीर आरोप समेत खांणले लगाए । तिलोत्तमा नगरपालिकाले नगरबासिलाई एकिकृत सम्पति करको नाममा गरिव बनाउन खोजिएको भन्दै कांग्रेसको सरकारले करको दायरा बढाउने र अहिले सम्म लिइदै आएको एकिकृत सम्पति कर ५० प्रतिशत कम गर्ने घोषण गरे ।
उपमेयर पदका उम्मेदवार माओवादी केन्द्रका नेता हेमन्त पाण्डेले गठबन्धनको जित सुनिश्चित भएको भन्दै तिलोत्तमा नगरलाई भ्रष्टाचारमुक्त बनाउने बताए । कार्यक्रममा
एमाले कार्यकर्ता ऋषिराम पाण्डे र त्रिलोचन पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्