दिपक गिरीकै निर्बाचन क्षेत्रमा कांग्रेसलाई धक्का, बबई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गुमाएको एमालेको कार्यपालिकामा स्पष्ट बहुमत


appharu

१६ जेष्ठ २०७९, सोमबार १९:०८ मा प्रकाशित

पालिकापत्र, बबई। दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्य नेकपा एमाले विजयी भएको छ । ५ जनाको कार्यपालिका चयन गर्न गरिएको निर्वाचनमा नेकपा एमालेले ४ जना सदस्य जितेको छ भने नेपाली कांग्रेस १ जना मात्र सदस्य जितेको छ । आइतवार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ४ जना कार्यपालिका सदस्यमा जित हात पारेसंगै बबई गाउँपालिमा नेकपा एमालेको बहुमत पुगेको छ । यो गाउँपालिका कांग्रेस प्रभाबशाली नेता, केन्द्रिय सदस्य दिपक गिरिको निर्बाचन क्षेत्र ३ मा पर्छ । यो प्रकरणसंगै कांग्रेसलाई झड्का लागेको छ । बबई गाउँपालिकामा नेपाली कांग्रेसको बहुमत हुने भएपनि कांग्रेसकै जनप्रतिनिधिले एमालेलाई भोट दिएर बहुमत पुर्याई दिएका छन । कांग्रेस भित्र टिकट बितरणमा एकलौटे गरेपछि बिबाद भई अर्का कांग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरि निकट मानिने गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्कासहित असन्तुष्ट जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई भोट हालेर जिताई दिएको आरोप लागेको छ ।
कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेकाले कार्यपालिकामा पनि प्रष्ट बहुमत आउने भएपनि कांग्रेस भित्रको आन्तरिक गुटबन्दिका कारण एमालेले त्यसको फाइदा लिएको छ ।

बबई गाउँपालिकामा ३७ जना सदस्य मध्य २० जना नेपाली कांग्रेसबाट र १७ जना सदस्य एमालेबाट निर्वाचित भएका थिए । निर्वाचनमा नेपाली कांग्रेसका जन प्रतिनिधिले अन्तरघात गरि मत विगारेर एमालेलाई भोट हालेको आरोप लागेको हो। जसले गर्दा स्पष्ट बहुमत पाएको नेपाली कांग्रेसले बहुमत गुमाएको छ । अन्तरघात कार्यमा नेपाली कांग्रेसका निर्वाचित उच्च पदका नेता नै संलग्न भएको कांग्रेस दाङका एक जना जिल्ला सदस्यले बताए ।
कार्यपालिकामा निर्वाचनमा नेकपा एमालेका तर्फबाट शान्ती परियार, नोखी डाङ्गी, भिमा कुमारी बुढा र सावित्रा परियार निर्वाचित भएका छन भने दलित तथा अल्पसंख्यक समुदाय अन्तरगत एमालेका तर्फबाट नारायण परियार र नेपाली काङ्ग्रेसका तर्फबाट मोतिसरा वि।क। मनोनित भएका छन। कार्यपालिका समिति १५ सदस्यीय हुने संबैधानिक ब्यबस्था रहे अनुरुप बबईको कार्यपालिकामा गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, उपाध्यक्ष खड्का, ७ वटै वडाका वडाध्यक्ष संगै निर्वाचीत ४ जना सदस्य र मनोनित २ जना गरि जम्मा १५ सदस्यीय कार्यापालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्