रोटरी बुटवलद्वारा जेहेन्दार छात्रालाई ५० हजार सहयोग


appharu

२८ जेष्ठ २०७९, शनिबार ११:२५ मा प्रकाशित

पालिकापत्र,बुटवल । रोटरी क्लब अफ बुटवलले आर्थिक अवस्था कमजोर भएकी एक जेहेन्दार छात्रालाई ५० हजार
रुपैयां आर्थिक सहयोग गरेको छ । क्लबको सचिवालयमा आयोजित बोर्ड बैठक र क्लब एसेम्बलीका अवसरमा लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत अस्मिता अर्याललाई उक्त रकम प्रदान गरेको हो । बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत जेहेन्दार छात्रा अर्यालको आर्थिक अवस्था कमजोर भएकाले उनको अध्ययनमा असर नपरोस् भनेर सहयोग गरिएको क्लबका सचिव खिमनारायण पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्