डाइनामिकमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट कोर्षमा आकर्षक छुट र अफरै अफर


appharu

२ असार २०७९, बिहीबार ०८:१४ मा प्रकाशित

बुटवल । स्वरोजगार हुन वा स्वदेश र विदेशमा सजिलै रोजगारी पाउन निकै उपयोगी डिप्लोमा इन होटेल म्यानेजमेन्ट (डीएचएम) कोर्ष पढ्न चाहनेहरुलाई बुटवलको डाइनामिक टेक्निकल एजुकेसनले आकर्षक छुट र अफरै अफर दिएको छ । बुटवलमा एक दशकदेखि सञ्चालनमा रहेको डाइनामिकले शुरुमा भर्ना हुने ४० जनालाई शुल्कमा आकर्षक छुटसंगै जापानिज, चाइनिज,आईएलटीएस,पीटीई भाषा कक्षा र बारिष्टा तालिम निःशुल्क दिने घोषणा गरेको छ । ‘हामीले डीएचएम पढ्न आउने विद्यार्थीलाई यसपटक शुल्कमा निकै आकर्षक छुट र विभिन्न भाषा कक्षा निःशुल्क दिने अफर गरेका छौं’–डाइनामिकका सीईओ अरुण मैनालीले भने–‘हामीले विद्यार्थीलाई राहत दिन र सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भनेर शुल्कमा छुट र भाषा कक्षा निशुल्क गरेका हौं ।’ जापानिज, चाइनिज,आईएलटीएस,पीटीई भाषा कक्षा र बारिष्टा तालिम डाइनामिकमा डीएचएम अध्ययन गर्नेलाई मात्र निशुल्क गरिएको मैनालीले स्पष्ट पारे । डीएचएम पढ्ने विद्यार्थी ९५ प्रतिशत भन्दा धेरै या त स्वरोजगार÷उद्यमी बन्न सक्छन् या स्वदेश वा विदेशमा आकर्षक तलबको रोजगारी सजिलै पाउने मैनालीले बताए । (सशुल्क विज्ञापन )

प्रतिक्रिया दिनुहोस्