विज्ञानलाई मात्रै छात्रबृत्ति दिएपछि कानूनका विद्यार्थीद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण


appharu

६ असार २०७९, सोमबार १७:५० मा प्रकाशित

पालिकापत्र, बुटवल । नेपाल कानुन विद्यार्थी समाज, कालिकाले लुम्बिनी प्रदेश सरकारले विज्ञान बिषय मात्र लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरि बजेट बिनियोजन गरेको आपत्ती जनाउँदै सच्चाउन माग गरेको छ ।

बुटवल स्थित कालिका मानवज्ञान माविको कानुन बिषय लिएर पढेका विद्यार्थीहरुको संगठन कानुन समाजले मुख्यमन्त्री कुलप्रसाद केसीलाई सोमबार ज्ञापनपत्र बुुझाउँदै सरकारले विज्ञान बिषयलाई मात्रै महत्व दिएको भन्दै ध्यानआर्कषण भएको जनाएका हुन । समाजका सचिव आशिष पाण्डे सहितको टोलीले मुख्यमन्त्रीका स्वकिय सचिव खरेन्द्र विक मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका हुन ।

अन्य बिषयमा अध्ययन गर्ने विद्यार्थीहरु नागरिक होइनन भन्ने आशयले सरकारले विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई बिशेष महत्व दिएको भन्दै अन्य विषय लिएर पढेका विद्यार्थीमाथी सरकारले विभेद गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विज्ञानको पढाईमा जस्तै चर्को खर्च हुने कानुनको अध्ययन, व्यवस्थपनका विशेष कोर्सहरु तथा मानविकी लगायतका अन्य संकायमा पनि समान रहेको विज्ञप्तीमा उल्लेख छ ।

‘शिक्षामा सरकारी र निजि क्षेत्रको लगानीकै चरणबाट शैक्षिक विभेदको रेखा कोरिएको उल्लेख गर्दै समाजले नीति, नियमावली, योजना, तथा कार्यक्रमहरु बानाइए पनि कार्यान्वयन र नियम प्रभावकारी नहुदा विद्यालय शिक्षामा लैगिंक तथा वर्गीय विभेद झनपछि झन चुलिएको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

सरकारले केवल विज्ञान् बिषय लिएको विद्यार्थीलाई छात्रवृत्ति दिने बजेटमा उल्लेख गर्नु गलत भएकाले पेशामा विभेद गरेको विद्यार्थी समाजको ठहर छ । ‘कामलाई ठूलो र सानो भन्ने दृष्टि आम जनतामा छाप पर्न जाने हुदा यो निर्णय विद्यार्थीलाई स्वीकार्य छैन। यस सरकारले सबै बिषयका विद्यार्थीलाई समान रुपले छात्रवृत्ति बितरण गर्ने ब्यबस्था गरोस्’ समाजले ज्ञापनपत्र मार्फत सरकारलाई सचेत गराएको छ । विद्यालयमा भर्ना हुन नसकेका, निशुल्क शिक्षाबाट बञ्चित भएकाहरुले विज्ञान बिषय चाहेर पनि पढ्न नसक्ने प्रदेश सरकारले अन्य बिषय अध्ययन गर्नेलाई पनि छात्रबृत्ति दिनुपर्ने माग राखेर ज्ञापन पत्र बुुझाएको समाजका सचिव आशिष पाण्डेले बताए । ज्ञापनपत्र बुुझ्दै स्वकिय सचिव विकले मुख्यमन्त्री समक्षा ज्ञापनपत्र बुुझाउने र मागलाई सम्बोधन गर्ने प्रयत्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्