लोक नृत्यमा दोस्रो भएका विद्यार्थीलाई सम्मान


appharu

१३ भाद्र २०७९, सोमबार १५:५४ मा प्रकाशित

पालिकापत्र,बुटवल । प्याब्सन लुम्बिनी प्रदेशद्धारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो भएका विद्यार्थीको टोलीलाई सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले सम्मान गरेको छ । भदौ १० गते कपिलवस्तुमा आयोजित प्रदेश स्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रीय लोक नृत्य प्रतियोगितामा द्धितीय स्थान हासिल गर्न सफल नृत्य समूहका १२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

प्याब्सन नवलपरासीका सदस्य विद्यालयहरुको प्रतिनिधित्व गर्दै सुनवल युनाइटेड सेकेण्डरी स्कुलले प्रदेशस्तरको प्रतियोगितामा द्धितीय स्थान हासिल गरेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए ।

युनाइटेड बाल क्लब अध्यक्ष कृपा घिमिरेको सभापतित्व, प्रिन्सिपल चापागाईको प्रमुख आतित्थ्याता र मिसन पंगेनिको संचालनमा भएको कार्यव्रmममा नृत्य प्रतियोगितामा सफल विद्यार्थीहरु सिमरन राना, आकांक्षा सुनाम, पूर्णिमा आले, खुशी आले, कन्चन थापा, लेबिसा सेन, नन्दिता रोका, बिनिता सारु, बिविका बराल, प्राप्ति सुनार, स्मृति कार्की र प्राप्ति राना सम्मानित भएकाथिए । विद्यार्थीहरुको विभिन्न क्षमतालाई प्रस्फुटन गराउन विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको क्षेत्रमा प्रशिक्षण गराइरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्