सामुदायिकतर्फ शान्ति नमूना मावि प्रथम


appharu

२० भाद्र २०७९, सोमबार १८:३५ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा १२ को नतिजामा रुपन्देही प्रथम भएको छ । सामुदायिक विद्यालयतर्फ शान्तिका सुदिप ढकालले ३.८८ जिपिए सहित रुपन्देही प्रथम हुन सफल भएका हुन् ।
विद्यालयबाट १२ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथिकोे अकं सहित उत्तीर्ण भएका छन् भने ८६ जना विद्यार्थीहरुले ३.२ जिपिए भन्दा माथिको अकं प्राप्त गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले रुपन्देहीमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिएर शान्ति अब्बल विद्यालय बन्न सफल भएको भन्दै सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको लागि सही गन्तव्य बन्न सकेको बताउनुभयो ।
शान्तिबाट यस वर्ष विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन समुहका ६ सय २ जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्