बुटवल पब्लिकद्वारा पत्रकार भुसाल र जिसी सम्मानित


appharu

२७ पुष २०७९, बुधबार १९:१३ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल पब्लिक स्कुलले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाल र यानेन्द्र जीसीलाई प्रदान गरेको छ । विद्यालयको १९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा राज्य टेलिभिजनका समाचार प्रमुख भुसाल र दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक जिसीलाई पत्रकारिताको माध्यमवाट शैक्षिक क्षेत्रमा पुराएको योगदानको कदर गदै विद्यालयले नगद सहित सम्मान गरेको हो । त्यस्तै विद्यालयले विद्यालयका शिक्षक कर्मचारी र साताव्यापी कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरेको छ । विद्यालयले बुटवलमा संचालित गणेशमान बालकुमारी सैंजु बृद्धाआश्रमलाई आर्थिक सहयोग पनि गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ मा संचालित स्कुलको बार्षिक उत्सव तथा अभिभावक दिवसको मुख्य समारोहमा वोल्दै विद्यालयका संस्थापक अध्यक्ष तथा प्राचार्य हेमलाल भुसाल शर्माले शिक्षा प्रणाली र परिक्षा पद्धतिमा आमुल परिवर्तन जरुरी रहेको बताए । राज्यले गर्ने काम नीजि क्षेत्रका विद्यालयले गरेका भएपनि राज्यले नीजि शैक्षिक संस्थाको योगदानको कदर गर्न नसकेको गुनासो गरे ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेलले बुटवल पब्लिक स्कूलको स्थापना भन्दा पहिला निकै पछाडि परेको साविक शंकरनगर ८ अहिले विकासमा फडको मार्नमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रम
मा नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन नेपालका उपाध्यक्ष विष्णु पन्थि, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा लगायतले वोल्दै निजी क्षेत्रका शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा पुराएको योगदानको राज्यले सम्मान गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्