इङ्लिस स्क्र्याबल प्रतियोगितामा सुनवल युनाइटेड स्कुललाई ऐतिहासिक सफलता


appharu

२८ माघ २०७९, शनिबार ११:४१ मा प्रकाशित

पालिकापत्र, सुनवल । अंग्रेजी भाषामा अक्षरहरु मिलाएर तथा नयां शब्दहरु छिटो निर्माण गरि आफ्नो क्षमता बृद्वि गर्ने उद्देश्यले आयोजित इङ्लिस स्क्र्याबल प्रतियोगितामा सुनवल युनाइटेड स्कुललाई ऐतिहासिक सफलता मिलेको छ । उक्त विद्यालयले जिल्लास्तरीय हुंदै राष्ट्रियस्तरको प्रतियोगितामा छनौट हुदै अन्तर्राष्ट्रीय स्तरको बंगलादेशमा हुने प्रतियोगिताको यात्रा तय गरेको हो । विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी महेश पंगेनीले (मिशन) ले राष्ट्रीय स्क्र्याबल प्रतियोगितामा बिजेता बन्दै अन्तराष्ट्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेका छन् । सुनवल–४ नवलपरासीमा अवस्थित विद्यालय सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा ६ महिना अघि मात्र विद्यार्थीहरुलाई इङ्लिस स्क्र्याबलको तालिम प्रदान गरिएको र छोटो अवधिमा जिल्ला, राष्ट्र बिजेता हुदै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सफलता प्राप्त गर्नु ऐतिहासिक भएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए । हाल सुनवल युनाइटेड सेकेण्डरी स्कुलको ४० जना विद्यार्थीहरुले इङ्लिस स्क्र्याबलको तालिम प्राप्त गरी अन्य विद्यार्थीहरुलाई समेत उक्त कार्यव्रmममा नियमित रुपमा प्रशिक्षण दिदै आइरहेको प्राचार्य चापागाईले बताए । इङ्लिस स्क्र्याबलको अन्तर्राष्ट्रीय प्रतियोगिता फागुन ४ देखि ७ सम्म बंगलादेशमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्