अक्सफोर्ड कलेजद्वारा विद्यार्थी स्वागत, सम्मान र विदाई


appharu

३ फाल्गुन २०७९, बुधबार ०८:३२ मा प्रकाशित

पालिकापत्र,बुटवल। अक्सफोर्ड कलेज बुटवलले विभिन्न संकायका विद्यार्थीहरुलाई स्वागत, सम्मान र विदाई गरेको छ । कलेजले स्नातक तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरको छ । यस्तै स्नातक तहको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई विदाई र कलेजमा पढेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । भैरहवामा आयोजित एक भब्य कार्यक्रममा कलेजले विविएस, बिएड प्रथम वर्ष, विएचएम, विआईएम प्रथम सेमेस्ट
रका नयां विद्यार्थीलाई स्वागत तथा विविएस, विएड चौथो वर्ष, विएचएम, विआइएम आठौं सेमेस्टरमा अध्ययतरत विद्यार्थीहरुलाई विदाई गरेको हो । यस्तै निजामति सेवा, प्रहरी, सेना, उद्यमशिलता, वित्तीय संस्था, शैक्षिक संस्था, कलाकारिता र शिक्षा सेवामा सफलता हासिल गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनीले स्नातक तहमा नेपाल प्रथम, नेपाल द्वितीय सहित निरन्तर रुपमा उत्कृष्ट नतिजा हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कलेज सफल भएको बताए । उनले अक्सफोर्ड कलेज लुम्बिनी प्रदेशभरका उत्कृष्ट विद्यार्थीको रोजाई बन्दै गएको उल्लेख गरे ।
कलेज सञ्चालक समिति अध्यक्ष अजित खनालले उत्कृष्ट शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङगीण विकासमा कलेजले कुनै कसर बांकी नराखेको बताए ।
अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले मावि तहमा पनि उत्कृष्ट नतिजा हासिल गरेकाले कलेजप्रति विद्यार्थीको आकर्षण बढेको बताए । उनले समय सापेक्ष प्रविधियुक्त पढाईलाई अवलम्बन गरेकाले सफलता हासिल भएको बताए ।
सो अवसरमा कलेजमा आयोजित शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा अक्सफोर्ड माविका अध्यक्ष दुर्गादत्त भण्डारी,प्राध्यापक विष्णु खनाल,बीएचएम छैठौं सेमेस्टरमा नेपाल प्रथम विद्यार्थी लक्ष्मण थापा,विद्यार्थीहरु सुरज रिजाल,सपना भुसाल,दिक्षा भट्टराई लगायतले विद्यार्थीमैत्री पठनपाठनका कारण कलेजले सफलता पाएको बताए । कलेजमा बिबिएस,बिएड,बिएचएम र बीआईएमका कक्षामा करिब १३ सय विद्यार्थी अध्ययनरत रहेका प्राध्यापक सन्तोष पौड्यालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायत प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्