शितगंगामा नगर स्तरीय हाजिरी जवाफ तथा खुल्ला स्लो बाईक रेस प्रतियोगिता हुने


पालिका पत्र

११ जेष्ठ २०८०, बिहीबार २२:१३ मा प्रकाशित


अनिता क्षेत्रि, ११ जेठ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न.२ मा नगर स्तरीय हाजिरी जवाफ तथा खुल्ला स्लो बाईक रेस प्रतियोतिगा हुने भएको छ । शितगंगा नगरपालिका वडा न. २ को शान्ति आधारभुत विद्यालय, घुम्तीमा प्रतियोतिगा हुने भएको हो ।


नयाँ सोच युवा समुहद्धारा आयोजित प्रतियोगिताले सडक दुर्घटना न्युनिकरणका लागि खुल्ला स्लो बाईक रेस प्रतियोगिता तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो ।


आयोजक नयाँ सोच युवा समुहले खुल्ला स्लो बाईक रेस प्रतियोतिगाका लागि रु ७ सय दर्ता शुल्क तोकेको छ भने नगर स्तरीय हाजिरी जवाफका लागि कुने शुल्क नलाग्ने जनाएको छ ।


आयोजकका अनुसार दुवै प्रतियोगिताका लागि यहीँ जेठ १४ गते भित्र आफ्नो समुहको नाम दर्ता गराउनु पर्ने जनाएको छ । दुवै प्रतियोगिताका लागि प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्